वीरगञ्ज,मधेस प्रदेश प्रहरी कार्यालयले विभिन्न अपराधमा दोषी ठहर भएका फरार प्रतिवादी नियन्त्रण लिने अभियान चलाएको छ ।यस क्रममा प्रहरीले बुधवार १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरी नायब महानिरीक्ष (डिआइजी) जनक भट्टराइको निर्देशनमा मधेस प्रदेशमा फरार प्रतिवादी नियन्त्रणको अभियान चलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।फरार प्रतिवादी अभियान अन्तर्गत मधेश प्रदेशका ३ जिल्लाबाट १४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी भट्टराइले बताउनुभयो ।उहाँका अनुसार चाँडपर्व नजिक्दै जाँदा समाजमा शान्ति सुरक्षा कायम गर्ने हेतुले मधेस प्रदेशभित्र यस्ता अपराधिलाई समाउन निर्देशन दिइएको छ । मधेस प्रहरीका अनुसार यही २२ असोजमा सप्तरीबाट १०, बाराबाट १ र सिरहाबाट ३ जना गरी एकै दिन १४ जनालाई नियन्त्रणमा लिइएको हो ।पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।