सिमरा,सिमरा–काठमाडौं हवाई रूटमा भाडा दरमा कमी आएको छ । निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले यात्रुलाई आकर्षित गर्ने होडमा यो रूटको हवाई भाडा घटाएका हुन् ।जसअनुसार यति एयरलाइन्सले सिमरा– काठमाडौं एकतर्फी भाडा दरमा ५ सय १५ रुपैयाँ र काठमाडौं– सिमरा ४ सय ३० रुपैयाँले घटाएको हो । त्यसैगरी बुद्ध एयरले पनि यात्रुहरूको चापलाई मध्यनजर गर्दै भाडा दरमा १ सय ६० रुपैयाँ कटौति गरेको छ, जसका कारण नयाँ भाडा दर ३ हजार ६ रुपैयाँ कायम भएको छ।पछिल्लो समय सिमरा विमानस्थलमा उडानहरूमा हुने घण्टौंको ढिलाइले यात्रुहरूलाई हैरान बनाएपछि विमान कम्पनीहरुले अनटाइम सेवा प्रदान गर्दै यात्रुहरूको विश्वास जित्न प्रयास थालेका छन ।
















