सिमरा,गायक निशान भट्टराईको निजगढमा छायाङ्कन भएको ‘म त तिम्रै हुँ’ गितको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ ।

भिडियो निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुर र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिमरा पार्कमा छायाङ्कन गरिएको छ । सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युटुब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो ।

गायक तथा संगितकार विकास पाण्डेको शब्द र संगित रहेको गीतको भिडियोमा युवराज केसरी र रितु चौधरीको अभिनय रहेको छ । बारा जिल्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा निर्देशन, छायाङ्गन र सम्पादन विकास गुरुङले गर्नुभएको छ ।

सिमरास्थित बिएस मेकरका संचालक गुरुङले छायाङ्कन, निर्देशन र सम्पादन गरेको यो पहिलो गीत हो । गीतको एरेन्ज अभि अमृत ल्वागन र एडिस्नल एरेन्जमेन्ट मुम्बईमा कार्यरत एन.एस.आर्याले गर्नुभएको छ । म्युजिक भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा आउनुभएका गायक भट्टराईले उत्कृष्ट शब्द र संगित रहेका कारण आफूले म त तिम्रै हुँ बोलको गीतका लागि काम गरेको बताउनुभयो । गायक भट्टराईले उत्कृष्ट टिमकाबीच काम गर्न पाँउदा आफू उत्साहित रहेको प्रतिक्रिया समेत दिनुभएको छ ।

Leave a Reply