महोत्तरी,महोत्तरीको बर्दिबासमा सोमवार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बर्दिबास नगरपालिका– २ कालापानी जंगल क्षेत्रमा बा. प्रा. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here