नेपाली काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी हो । राणकालिन समयमा स्थापना भएको काँग्रेसले मुलुकमा भएको बिभिन्न आन्दोलनमा अगुवाइ गरेको छ । बिपीको सिदान्तमा अडिग रहेको भनिएको काँग्रेस आजको दिनसम्म अउदा बिपीको बिचारमा कति अडिग छ त्यसको समीक्षा त होला तर पनि काँग्रेसको छुट्टै इतिहास भने छ ।
अहिले काँग्रेसको वडा तहमा अधिवेशन भइरहेको छ । लोकतान्त्रिक पार्टीमा अधिवेशन हुनु आफैमा सकारात्मक पक्ष पनि हो । अधिवेशनले पार्टी बलियो पनि बन्ने हो तर अधिवेशनमा मै हु भन्नेहरुको पराजय भएको पनि देखिएको छ । जस्तो कि निजगगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल वडा तहबाट क्षेत्रीय प्रतिनिधिमै पराजित बनेका छन । नेकपा एमालेको बलियो पकड मानिएको निजगढमा नेपाली कांग्रेश पार्टीबाट मेयरमा विजयी बनेका खनाललाई स्थानीय चुनावमा जनताले पत्याएका नेताको रुपमा लिइन्छ । निर्वाचनमा उपप्रमुख लागत दुई तिहाइभन्दा बढी वडा अध्यक्षमा एमालेले जितेको थियो । हुन त मेयर खनालले त्यतिबेला माओवादी केन्द्रसंगको तालमेलमा चुनाव जितेका हुन ।
नगर प्रमुख बनेपछि पनि खनालले नगरपालिकाको विकास निर्माण कार्य औसतमा ठिकै गरेका छन । तर पार्टीको चुनावमा उनी पराजित भएका छन् । यसो हुनुको कारण आफैले आफैमा समीक्षा गर्न आवश्यक देखिन्छ । सयौं कारण भएपनिमुख्य कारण भनेको पार्टीमा लोकप्रिय नभएको देखिन्छ । पार्टीमा राजनीति गर्नेहरुका लागि पनि लोकप्रियता पनि आवश्यक हुन्छ होला त्यसैले काँग्रेसको अधिवेशनमा देखिएको यस्तो पाटोले सबक भने सिकाएको हुनु पर्दछ ।