वीरगञ्ज,प्रतीक दैनिकले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार वीरगञ्जका पत्रकार क्रान्ति साहलाई प्रदान गर्ने भएको छ ।प्रतीक प्रकाशन समुहको शनीवार बसेको बैठकले स्वर्गीय फोटो पत्रकार सुबोध सिंहको स्मृतिमा स्थापित उक्त पुरस्कार साहलाई प्रदान गर्ने निर्णय गरेको हो ।
५१ हजार राशीको उक्त पुरस्कार भदौ १ गते हुने प्रतीक दैनिकको वार्षिकोत्सब कार्यक्रममा साहलाई प्रदान गरिनेछ । पत्रकार साह अन्नपूर्णपोष्ट पत्रिका र मधेस खबर अनलाइनमा आवद्ध छन् ।यसैगरी प्रतीक दैनिकले यस वर्ष उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददताका रुपमा प्रतीक दैनिकका संवाददाता प्रमोद यादवलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
प्रतीक दैनिकले सुबोध स्मृति पत्रकारिता पुरस्कारबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।



















