निजगढ,जेष्ठ नागरिक मिलन केन्द्र भवन तथा सत्संग भवन निर्माणको लागि निजगढ नगरपालिका वडा नम्बर ५ स्थित खोल्मा टोलमा आयोजना भएको श्रीमद्भागवत सप्ताहा ज्ञान महायज्ञ सोमबार दिउसोसम्म ४ लाख ६८ हजार ९ सय ८६ दान रकम संकलन भएको छ ।
यज्ञमा स्थानीय दाताहरुले आर्थिक दान गरेको निजगढ नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी गौतमले जानकारी दिनुभयो । महायज्ञबाट संकलन भएको रकमबाट मुक्तिनाथ एकादशी सत्संग समुहको नाममा खोल्मा टोलमा रहेको १४ धुर जमिनमा जेष्ठ नागरिक तथा सत्संग भवन निर्माण गर्ने योजना रहेको कार्यपािलका सदस्य गौतमले बताउनुभयो ।
निजगढ नगरपालिकाकी उप्रमुख लिलादेबी लामिछानेले शनिबार महायज्ञको उद्धघाटन गर्नुभएको थियो । मुक्तिनाथ एकादशी सत्संग समुह र निजगढ नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुन लागेको सो ज्ञान महायज्ञमा युवा पण्डित श्रीसुदर्शन चालिसेबाट संंगितमय कथा वाचन भइरहेको छ ।
मंसिर ११ गतेसम्म हुने सो महायज्ञको संयोजकमा न्युजनजाग्रिति युवा क्लब तथा निजगढ सिटी युवा क्लब, र सहसंयोजकमा आध्यात्म कल्याणकारी समाज नेपाल रहेको छ ।