जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले सही नेतृत्व गर्नेलाई सबैले मन पराउने बताउनु भएको छ ।जीतपुरस्थित गढीमाई मन्दिरमा सम्पन्न कानु कल्याण समितिको दोस्रो साधारण सभा तथा अधिवेसनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वडा अध्यक्ष गुप्ताले कानु समुदाय संघठित हुनु सकारात्मक कार्य भएको भन्दै यस्तो कार्यको लागि वडाको तर्फबाट सक्दो सहयोग गर्न आफू सधै तयार रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कानु कल्याण समाजका अध्यक्ष हिरालाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका पूर्वअध्यक्ष दर्शक साह, बाँकेलाल साह, समाजका कोषाअध्यक्ष श्यामबाबु साह, विभा गुप्ता लगायतको उपस्थिति रहेको थियो ।कानु कल्याण समितिको दोस्रो अधिवेशनबाट सोहन साह कानुको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा श्रीराम साह कानु, उपाध्यक्षमा विरेन्द्र साह कानु, महासचिवमा रवि साह, सचिवमा सुनिलकुमार साह र कोषाध्यक्षमा नारायण साह कानु रहनुभएको छ ।

















