निजगढ,निजगढ नगरपालिकाले राष्ट्रिय परिचयपत्र निर्माण गर्नेक्रममा सर्वसाधारणलाई दिदैआएको सेवासम्बन्धि कार्यतालिका संशोधन गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले मंगलवार एउटा सूचना निकालेर राष्ट्रिय परिचयपत्रको अनलाईन फोटो तथा बायोमेट्रिक लिने कार्यको लागि यसअघिको समय र वडाका सेवाग्राही सोको संख्या सम्बन्धिकार्यतालिकायही साउन २१ गते बुधवारदेखिपरिवर्तन गरिएको जानकारी दिनुभएको हो ।
नयाँ कार्यतालिका अनुसार अब नगरका सबै वडाका सेवाग्राहीहरुले आइतवार एक दिन बाहेक बिहान ७ बजेबाट नै परिचयपत्र सम्बन्धि सेवा प्राप्त गर्नसक्ने जनाइएको छ ।चनामा आइतवार बिहान १० बजेबाट साँझ ५ बजेसम्म मात्र सेवा सुचारु गरिने भएपनि अन्य बारमा भने बिहान ७ बजेदेखि नै सेवा सुचारु हुने जनाइएको छ । शुक्रवार भने दिउसो ३ बजेसम्ममात्रै सेवा संचालन हुने सूचनामा उल्लेख छ ।
यसअघि बिहान १० बजेदेखि ५ बजेसम्मको लागि वडा छुट्याएर सेवा लिने बार तोकिएकोमा अब सबै वडाका नागरिकले एकै दिन सेवा लिन पाउने भएका छन । साथै, यसअघि दैनिक ५० जनालाई मात्र सेवा दिने व्यवस्था गरिएकोमा अब आइतवार र शुक्रवार बाहेक ७० जनासम्मलाई सेवा प्रदान गरिने पनि जनाइएको छ । आइतवार र शुक्रवार भने ५० जनालाई मात्र सेवा उपलब्ध गराइने सूचनामा जनाइएको छ ।
साथै, परिचयपत्र निर्माणको लागि सेवाग्राहीहरुले नेपाली नागरिकता प्रमाणपत्रको सक्कलप्रति, बाबु÷आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी (उपलब्ध भएसम्म), श्रीमान÷श्रीमती मध्ये कुनै एकको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्रको सक्कलप्रतिसहित उपस्थित हुनुपर्ने सूचनमा उल्लेख छ ।
त्यसैगरीराहादानी लिएको भए सोको सक्कल वा प्रतिलिपि,बसाइँसराइ गरेकाको हकमा बसाइँसराइ दर्ताको प्रमाणपत्रको सक्कलप्रति, विवाहितको हकमा नागरिकता प्रमाणपत्रमा पति-पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्रको सक्कलप्रति र २०३६ सालभन्दा अगाडी बसाइँसराइ-विवाह-मृत्यु भएको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका-नगरपालिकाको सक्कल सिफारिस पत्र साथमा ल्याउनुपर्ने पनि उल्लेख गरिएको छ ।नगरपालिकाले सेवाग्राहीहरुको चाप र मागलाई ध्यानमा राखेर कार्यतालिका संशोधन गरिएको जनाइएको छ ।नगरपालिकाले यसअघि२०८२ असार २२ गतेदेखि सुरु गरेको फोटो सहितको राष्ट्रिय परिचयपत्रको लागि हालसम्म १ हजार ५ सयजनाले फोटो खिचाइसकेका छन ।



















