कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा ब्याडे राँगोको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ ।जिराभवानी गाउँपालिका वडा नम्बर ५ हरैयाका ५५ वर्षिय बिजुली महतोको सार्वजनिक स्थानमा छाडिएको ब्याडे राँगोका आक्रमणबाट मृत्यु भएको हो । घर अगाडि आँगनमा बसिरहेका बेला राँगाको आक्रमणमा परेर गम्भीर घाइते भएका महतोको उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक नवलकिशोर साहले जानकारी दिनुभयो ।यसैबीच दुइ हप्ताअगाडि सोही राँगोले हानेर सोही गाउँका बालेशवर दास पनि घाइते भएका थिए । आक्रमणमा दासको छाती र ढाडमा गम्भीर चोट लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here