राजकुमार यादव
मौलापुर,आम जनता पार्टीले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कार व्यवस्था खारेजीको माग गर्दै आइतवार काठमाण्डौंस्थित भन्सार विभागमा ज्ञापन पत्र बुझाएको छ ।भन्सार विभाग घेराउ गर्दै आजपाका नेताहरुले भन्सार कार्यालय घेराउदेखि भन्सार विभागमा धर्ना बस्ने जस्ता संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेकाछन । काठमाण्डुको थापाथलीबाट निस्केको जुलूसका सहभागीले कथित पुरस्कारको नाममा राजस्व लुटने कार्य बन्द गर, भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कमिशन खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर जस्ता नाराहरु लगाएका थिए ।भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८ र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी÷ निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० र त्यसको सुराक दिनेलाई १५ गरी कुल रकमको ४५ प्रतिशतसम्म रकम पुरस्कार स्वरूप दिने व्यवस्था छ ।यसरी संसदलाई छलेर नियमावलीमार्फÞत देशको राजस्वलाई व्यक्तिको खातामा पु¥याउने कार्य जघन्य अपराध भएको भन्दै आजपाले यस्तो प्रावधानको तत्काल संशोधनको माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here