राजन बनिया
पोखरिया,पर्साको पकाहामैनपुर गाउँपालिकाको १२औं गाउँसभा गाउँपालिकाकी उपाध्यक्ष सरफु नेसा र चार जना वडअध्यक्षसमेत २१ जनाले बहिष्कार गरेका छन ।आर्थिक वर्ष २०८१-८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुदै गर्दा पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले एकलौटी तरिकाले प्रस्तुत गर्न लागेकोभन्दै उनीहरुले सभा बहिष्कार गरेका हुन ।
अध्यक्ष मेहताले तानाशाही चलाएर मनलाग्दी तरिकाले काम गरिरहेको उनीहरुको आरोप छ । गाउँसभा गर्न सात दिनअघि लिखित पत्र पठाएर जानकारी गराउनुपर्ने नियम रहे पनि अध्यक्ष मेहताले घमण्डी पारामा फेसबुकबाट जानकारी गराएको भन्दै गाउँसभामा उपाध्यक्ष सरफुनेसा, वडा अध्यक्ष बिनोद मेहता, संजय चौहान, ढेरी यादव, बलरामप्रसाद चौरसियालगायत कार्यापालिका सदस्य, गाउँपालिका सदस्य गरि २१ जनाले सभा बहिष्कार गरेका हुन ।गाउँसभामा एक जना वडा अध्यक्ष गरि ८ जनाको मात्र सहभागिता रहेको भएपनि अध्यक्ष मेहताले बलजबरजस्ती सभा सफल भएको दाबी गरेको उनीहरुको भनाई छ ।
गाउँपालिका अध्यक्ष मेहताको अध्यक्षतामा सम्पन्न भएको छ । अध्यक्ष मेहताको निर्देशनमा प्रमुख प्रसाशकिय अधिकृत उदयशंकर चौधरीले बहुमतबिना नै गाउँ सभा गर्न खोजेकोले विरोध गर्नुपरेको जनप्रतिनिधिहरुको भनाई छ ।
अध्यक्ष मेहताले जबर्जस्ती गाउँ सभा गर्न खोजेमा २१ जना जनप्रतिनिधिहरु प्रतिकारमा उत्रने उपाध्यक्ष सरफुनेशाको भनाई छ ।

















