निजगढ – लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पीस, एन एम बि बैंक निजगढ शाखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको संयुक्त आयोजना यही माघ २६ गतेबाट ट्राफिक सप्ताह कार्यक्रम संचालन हुने भएको छ । ट्राफिक सप्ताह कार्यक्रम संचालनका लागि निजगढमा तयारि समेत आजबाट शुरु गरिएको छ ।

 

लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पीस, एन एम बि बैंक निजगढ शाखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको संयुक्त आयोजना आज निजगढ नगरपालिकाको सभाहलमा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

छलफल कार्यक्रममा निजगढ नगरप्रमुख सुरेश कुमार खनाल , उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रमुख ट्राफिक प्रहरी उपरिक्षक श्यामकुमार महतो, जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक सुरेश थापा, ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख प्रहरी निरीक्षक बिकास थपलिया, युथ अफ निजगढका अध्यक्ष गङ्गामाया श्रेष्ठ, स्थानीय राजनीतिक दल, संघ संस्था, शिक्षक लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

उक्त छलफलमा निजगढ नगरप्रमुख सुरेश कुमार खनालले नगर भित्रको सडक सुरक्षालाई ध्यानमा राखेर नगरपालिकाले बजार क्षेत्रको मुख्य सडक र भित्रि सडकहरुमा समेत प्रहरी र ट्राफिक प्रहरी परिचालन गर्नकालागि आवश्यक प्रहरी बिटहरुको स्थापना गर्न लागिएको बताए ।

 

यस्तै उपप्रमुख लिलादेवी लामिछाने खनालले ट्राफिक सप्ताह कार्यक्रम संचालनकालागि नगरपालिकाले पूर्ण रुपमा सक्रियताकासाथ सहयोग गर्ने बताइन । राजमार्ग क्षेत्रमा चल्ने ठुला यात्रुवाहक र मालवाहक सवारीसाधनबाट हुने दुर्घटना र फोहोरमैला नियन्त्रण गर्न सचेतना कार्यक्रम संचालन गर्न सकिने बताइन ।

 

 

लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट खड्ग प्रसाद उप्रेतीले यही माघ २६ गतेबाट ट्राफिक सप्ताह कार्यक्रम संचालन हुने बताए । उनले भने, “सकभर हामी यही माघ २६मा नै कार्यक्रम गर्ने छौ तर समय नपुगे मिती सर्ने सम्भावना समेत रहेको छ ।” उनले कार्यक्रमको आन्तिम तयारीमा भाईरहेको समेत बाताएका छन । छलफलमा थप परामर्श र तयारि पश्चात कार्यक्रमको निर्धारण गरिने निष्कर्ष निकालिएको छ । 

Leave a Reply