वीरगञ्ज,गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेस प्रदेश कार्यसमितिको सल्लाहकारमा पर्साको पकाहामैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजय चौरसिया मनोनीत हुनुभएको छ ।महासङ्घ नेपाल मधेस प्रदेश कार्यसमितिको असोज ४ गतेको बैठकले चौरसियालाई सल्लाहकारमा मनोनीत गरेको महासङ्घका अध्यक्ष जवाहरलाल यादवले जानकारी दिनुभयो ।नेकपा एमाले मधेस प्रदेश कमिटीका सदस्य समेत रहेका चौरसिया गाउँपालिका राष्ट्रिय महासङ्घ मधेस प्रदेश कार्यसमितिका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।


















