कलैया – अभिभावकले चाहे सरकारी विधालयमा प्राईभेट सरह पढाईहुन सक्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य अच्युत मैनालीले बताएका छन । नेपाल राष्ट्रिय माध्यमिक विधालय बसतपुरमा कक्षा १ देखि ५ सम्मका विधार्थीहरुलाई मगलवार शैक्षिक समाग्री वितरण गर्दै सम्पुर्ण अभिभावकले आफै निगरानी बढाए सरकारी विधालयमा प्राईभेट सरह पठन पाठन गराउन सकिने नेकपाका केन्द्रिय सदस्य मैनालीले बताए ।
नेपाल सरकारको निति अनुसार सरकारी विधालयमा पनि अंग्रेजी माध्यमबाट पठन पाठन गराउन ल्याएको निति अविलम्वन गर्न सके सरकारी विधालयमा प्राईभेट सरह शिक्षा पाउन सकिने उनले बताए । शैक्षिक समाग्री वितरण कार्यक्रममा बोल्दै नेकपाका युवा नेता एव मेयरका प्रत्यासी मुकेश साहले यी ससाना विधार्थीहरुले नै देश निमार्णमा महत्वपुर्ण योगदान दिने बताएका छन ।
भविष्यमा गएर कोहि डाक्टर, ईन्जिनियर, पाईलट, नेता बनेर देशको सेवा गर्नेछन । त्यसैले हामीले जस्तो विउ रोपछौ फल पनि त्यस्तै काटने भएकोले यी ससाना विधार्थीहरुलाई ग्रास रुटबाटै सरकारी लगानिमा अंग्रेजी माध्यममा पठन पाठन गराउनु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा सय भन्दा बढि विधार्थीहरुलाई कपि, कलम, पेन्सिल लगायतका शैक्षिक समाग्रीहरु वितरण गरिएको नेकपाका जिल्ला कमिटि सदस्य रमेश साहले जानकरी गराएका छन । शैक्षिक समाग्री वितरण कार्यक्रममा मोविन आलम, राजमहमद राय, पुरुषोतम साह, विनोद साह, प्रभु यादव, सुरेन्द्र यादव, रमोद यादव, ब्रहमदेव कुशवाहा, युनिस असारी, विनोद गुप्ता, हरिओम गुप्ता, राजेश्वर कुशवाहा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका संचालन युवा नेता संदिप यादवले गरेका थिए ।