बसन्त लामा
सिगौल,नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटीले ३०औं जनयुद्ध दिवसको अवसरमा बिहीवार निजगढमा दिप प्रज्ज्वल कार्यक्रम आयोजना गरेको छ ।निजगढ नगरपालिकाको वडा नम्बर १० लालगाँउमा रहेको सहिद पार्कमा माओवादी केन्द्र निजगढ नगर कमिटीका अध्यक्ष सन्तोष दङगालको अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टीले जनयुद्ध दिवसको अवसरमा दिप प्रज्ज्वलन कार्यक्रम गरेको हो ।

कार्यक्रम माओवादी केन्द्रकी केन्द्रीय कमिटी वैकल्पिक सदस्य शिला खनालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै खनालले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको प्राप्तिबाट उपलब्धिलाई बिर्सेर जनयुद्धलाई मानव हत्या र हिंसाको संज्ञा दिएकोमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले आपत्ति जनाउनुभएको थियो ।कार्यक्रममा माओवादीका पूर्व जिल्ला कमिटी सदस्य संगम लोप्चन, बुद्धिजीवी संगठन केन्द्रिय सदस्य केदार गौतम, विद्यार्थी नेता सपिम खरेल, निजगढ नगर नगरकार्यपालिकासदस्य फुलमाया घलान, पवित्रा सुनुवार, मनमाया मगर, पशुराम श्रेष्ठ, राजशेन कुवरलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य निजगढ नगरपालिका कार्यपालिका सदस्य अरुणा विकले राख्नुभएको थियो भने कार्यक्रमको संचालन रमेश खरेलले गर्नुभएको थियो ।

Leave a Reply