पुष्पराज खतिवडा

मनहर्वा,बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पालिकास्तरीय नगर सहकारी संघ गठन हुने भएको छ ।सोमवार नगरभित्रका सहकारीकर्मीहरुको सिमरामा बसेको भेलाले नगर सहकारी संघ गठनका लागि आवश्यक तयारी गर्ने गरी ९ सदस्य तदर्थ समिति गठन गरेको हो ।सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) की अध्यक्ष अनिता लम्साल अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । समितिको सहसंयोकमा जनकल्याण बहुउदेश्य सहकारी संस्था जीतपुरका अध्यक्ष गणेशजीप्रसाद साह, सचिवमा संगालो बचत तथा ऋण सहकारी संस्था सिमराको सचिव रत्नप्रसाद उप्रेती चुनिनु भएको छ ।यस्तै कोषाध्यक्षमा साना किसान कृषि सहकारी संस्था लिमिटेड छातापिपराकी अध्यक्ष विजयताकुमारी चौधरी र सदस्यहरुमा कोसेली महिला साकोस फत्तेपुरकी मञ्जु चौधरी, सगरमाथा महिला साकोस जीतपुरकी उषा अधिकारी, औराह उपभोक्ता सहकारीकी शर्मिला पुडासैनी, प्रभातफेरि दुग्ध सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष मधुकर अधिकारी र बाँकी एकजनाको नाम खाली राखेर तदर्थ समिति गठन गरिएको हो ।तदर्थ समिति संयोजक अधिकारीका अनुसार नगरभित्रका सहकारीहरुको विकास, प्रर्वद्धन र बजारीकरणको काम गर्ने उदेश्यले नगर सहकारी ऐन २०७५ को अधिनमा रहेर संघ गठन गर्न लागिएको हो । नगरको सहकारी ऐनको दफा ४ मा यो व्यवस्था गरिएको छ ।तर्दथ समितिले आवश्यक विनियमको मस्यौदा तयार गरी आगामी असोज ५ गते बस्ने भेलामा छलफलका लागि पेश गर्ने संयोजक अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply