स्थानीय तहमा कर्मचारी र जनप्रनिधिकाबीचमा कति समस्या छ भन्ने कुरा बिहीवारको काठमाडौं महानगरपालिकाको घटनाक्रमले पुष्टि गर्दछ । काठमाण्डौंका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीचको लफडाले पनि स्थानीय तहका समस्याहरु दर्शाउछ । झट्ट हेर्दा यो काठमाडौंमात्रै समस्या जस्तो देखिए पनि यो देशभरका स्थानीय तहमा रहेको समस्या हो । कुनै पनि कार्यालयमा प्रमुख आउनु सामान्य कुरा हो । प्रमुखले लगभग मेयरकै आदेशमा नै काम गर्ने हो ।
हुन त प्रमुख प्रशासकीय अधिकृत स्वायत्त हुन्छन् तैपनि मेयरभन्दा खासै दायाँबायाँ हुँदैनन् तर काम लगाउन नसक्ने अनि नजान्ने अनि धेरै विरोध गरेर मात्रै पनि समस्या समाधान हुदैन । काठमाडौं महानगरका प्रमुख बालेनको कयौं काम राम्रा होलान् तर प्रमुख प्रशासकीय अधिकृत टिक्न नसकेको विषयमा चैं स्वयम् बालेन पनि गम्भीर बन्न आवश्यक छ । कसैलाई यसो गर्छु र उसो गर्छु भनेर धम्काउँदैमा समस्या समाधान चैं हुदैन ।
बिहीवार काठमाडौं महानगरमा ठूलै संघर्ष गरेर एकजना कर्मचारी हाँजिर हुन परेको छ । सरोज गुरागाई कर्मचारी नै हुन । सरकारले सरुवा गरेको खण्डमा उहाँले काठमाडौं पनि छाड्ने नै हो । एकसय दिनपछि उहाँको हाजिरी भएको छ । मिलेर काठमाडौं बनाउने हो यो विषयमा सरोजको पनि विमति नहोला तर कतिपय कुरामा साथ दिएनन् भन्दैमा एकजना कर्मचारीका लागि यत्रो गाइजात्रा गर्नु ठीक हो र ?

















