सिमरा,नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको आयोजनामा हिजो होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।अनेरास्ववियुले प्रसौनीमा शुभकामना आदनप्रदान समारोहको आयोजना गरेको हो । कार्यक्रममा सहभागी वक्ताले सद्भावको रुपमा मनाईने होली पर्वको सांस्कृतिक एवम् सामाजिक महत्वका विषयमा चर्चा गरेका थिए ।

रङहरुको पर्व होलीलाई आपसी सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनुपर्नेमा वक्ताले जोड दिएका थिए । सोही अवसरमा कार्यक्रममा सहभागीहरुले एक अर्कालाई अबिर लगाएर शुभकामना आदन प्रदान समेत गरेका थिए । अनेरास्ववियु केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज अन्जना सिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य एकवाल मियाँ, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, अनेरास्ववियु मधेस प्रदेश अध्यक्ष आरपी अधिकारी, केन्द्रीय सदस्य मनिष प्याकुरेल, केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज लक्ष्मी तिमिल्सिना, विद्यार्थी नेता यासिर अर्फादलगायतको उपस्थिति रहेको थियो ।

अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष शंकर यादवले गर्नुभएको थियो । कार्यक्रममा अनेरास्ववियुका विभिन्न तहका नेता कार्यकर्ताले सहभागिता जनाएका थिए ।

Leave a Reply