वीरगञ्ज,सशस्त्र प्रहरीले वीरगञ्जको ठाकुरराम कलेजपछाडी रहेको एक गोदाममा छापामारी गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित ठाकुरराम बहुमुखी क्याम्पसपछाडि सिर्सिया पुल नजिक बजरंग टोलमा रहेको गोदाममा प्रहरीले छापा हानेको हो ।भन्सार छलेर अवैध रुपले ल्याइएको काजु भण्डारण गरि राखिएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको १३ नम्बर गणको टोलीले गोदाममा छापामारी गरेको थियो ।सशस्त्र प्रहरी नायब उपरिक्षक देबेन्द्र सिंह र वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले छापामारी गरेको हो ।स्थानीय मगनी राउतको घरमा छापा हान्दा भारतबाट लुकाइछिपाई ल्याई अवैध रुपले राखिएको ७ लाख २० हजार मूल्य बराबरको काजु बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिनुभयो । बरामद काजुलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताउनुभयो । काजु कसको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here