कृष्ण मोहन साह
सेढवा,पर्साको ग्रामीण भेगमा जङ्गलबाट अवैध फडानी गरी ल्याइएको सालको काठ चीरान गर्दै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ रामभौरीभाथा टोलमा सालको गोलिया काठ हाते आराले चिर्दै गरेको अवस्थामा सोमवार दिउँसो ३ जना पक्राउ परेका हुन् ।वन कार्यालयको टोलीले उक्त स्थानबाट ३ थान सालको चिरान काठ पनि बरामद गरेको छ ।पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ घुसुकपुरका बिन्दा राय थारु, खेदारु दास थारु र प्रेम दास थारु रहेका छन् ।बरामद ११ क्युबिक फिट चिरान काठसहित तीनै जनालाई डिभिजन वन कार्यालय पर्सामा पठाइएको सब डिभिजन वन कार्यालयका रेञ्जर कपिलदेव यादवले जानकारी दिनुभयो ।