पुष्पराज खतिवडा
बारा
१३ असार २०७८
होटल तथा पर्यटन ब्यवसायी संघबाराले ब्यवसाय संचालनमा सहजीकरण गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र मार्फत अनुरोध गरेका छन् । आईतबार होटल तथा पर्यटन ब्यवसायी संघ बाराको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग स्वास्थ मापदण्ड भित्र रहेर ५०% क्षेमतामा भएपनि होटल तथा पर्यटन ब्यवसाय संचालन गर्ने वातारण बनाईदिन आग्रह गरेका हुन् । चुरे संरक्षण तथा पर्यटन प्रवर्धन फाउन्डेसनका केन्द्रिय परिषद अध्यक्ष एवं संघका संरक्षक सल्लाहकार युवराज लामाको अगुवाईमा कलैया पुगेको संघटोलीले स्मार्ट लगडाउन गर्न समेत आग्रह गरेको छ ।
ब्यवसायीहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएको पत्रमा ब्यवसायी र सोसँग संवधित कर्मचारीलाई भ्याक्सिनको ब्यवस्था गरिदिन माग गरेका छन् । यस्तै उनीहरुले बैंकको ब्याज मिनाहा एवं पुनरकर्जाको दायरा फराकिलो बनाउने कार्यमा सहजीकरण गरिदिन पत्रमा उल्लेख गरेका छन् । होटल तथा पर्यटन ब्यवसायी संघबाराका अध्यक्ष मोहन शर्मा लामिछाने, प्रथम उपाध्यक्ष,अर्जुन लम्साल र महासचिब शम्भु खड्गीद्वारा हस्ताक्षरित पत्रमा ब्यवसाय बन्द रहेको अवधिको घरभाडा र विभिन्न किसिमका करहरु खारेजका लागि समेत पहल गरिदिन भनि प्रमुख जिल्ला अधिकारी पौडेलसमक्ष माग गरेका छन् ।
पर्यटन ब्यसायीहरुको गुनासो सहितको ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले आवश्यक सहयोग सहित सम्बन्धीत निकाय सम्म गुनासो सम्बोधनका लागि पहल गर्ने बताउनु भएको थियो ।
ज्ञापन पत्र बुझाउन माथी उल्लेखित पर्यटनकर्मी सहित पर्यटन सहकारी संस्थाका अध्यक्ष संघका उपाध्यक्ष प्रलाद उप्रेती , होटल तथा पर्यटन ब्यवसायी संघबारा ईकाई निजगढका अध्यक्ष प्रभात सिग्देल र आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश सदस्य समेत रहेका ईकाई निजगढका उपाध्यक्ष रामकृष्ण घिमिरे लगायतको उपस्तिथि रहेको थियो ।
प्mोटोमा ःज्ञापन पत्र सहित पत्र हस्तान्तरण गर्दै बाराका होटल तथा पर्यटनकर्मीहरु