सरकारले सन् २०२०लाई पर्यटन बर्ष घोषणा गरेको छ। पर्यटन बर्ष घोषणा गर्नुको मुख्य उद्देश्य भनेको नेपालमा बाहिरी पर्यटकहरु उलेख्य मात्रामा भित्रिउन् भन्ने नै हो तर यसका लागि केही पूर्वाधारको ब्यवस्था मिलाउन सकिएन भने यो पर्यटन बर्ष सफल नहुन पनि सक्छ । अथवा औपचारिक रुपमा पर्यटन बर्ष सफल भएपनि जति पर्यटन भित्राउन पर्ने हो त्यो हिसावमा पर्यटनहरु भित्राउन सकिदैन ।
बाराको सदरमुकाम कलैयामा एक होटल संचालनमा आएको छ हुनत कलैयामा अन्य होटल तथा लज छैनन् भन्न पनि खोजिएको होइन यद्यपी सुबिधा सम्पन्न होटल कलैयामा कमै छन् । अहिले गढीमाई मन्दिरमा मेला समेत लागेको छ,यही मौकामा पनि बारामा दैनिक जसो सयौं आन्तरिक पर्यटकहरु आइरहेका छन् । यसलाई पनि बारा र कलैयाले ब्यवस्थित बनाउन जरुरी छ ।
होटल तथा लजहरुमा राम्रो कमाइ अहिले भइरहेको छ । यो अर्थमा पनि सुबिधा सम्पन्न होटल तथा लजहरु भए भने यसैपनि फाइदा पर्यटकहरुलाई पुग्ने छ भने कलैयाका ब्यवसायीहरुले पनि राम्रो आम्दानी गर्न सक्नेछन् । त्यसैले होटल क्षेत्रमा बढ्दै गएको लगानीलाई स्थानीय,प्रदेश र संघीय सरकारले संरक्षण गर्न जरुरी छ।