काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवार छनोटका लागि आवेदन खुला गरेको छ ।
उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन पार्टीले निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकपछि विभिन्न उपसमिति गठन गर्दै आवेदन खुला गरेको हो ।
पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारीसमेत तोकेको छ ।
बैठकले क्यान्डिडेट क्लबको जिम्मेवारी कविन्द्र बुर्लाकोटी, प्रविधिको जिम्मेवारी सुशान्त वैदिक र गुनासो समन्वयको जिम्मेवारी जनकसिंह धामीलाई दिएको छ ।
त्यस्तै, समावेशिता तथा महिला सहभागितामा डा। तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई जिम्मेवारी तोकिएको छ ।
रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै आवेदन खुला गरेको हो ।

















