हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका– १२ धारापानीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय मानबहादुर खत्रीका ३५ वर्षीय छोरा राजकुमार खत्री १९ भदौ दिउँसो सवा १ बजे घरको सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् ।
खत्रीको टाउको र शरिरका अन्य भागमा चोटपटक देखिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिनुभयो । घटना शंकास्पद देखिएपछि परिवारका सदस्य र छिमेकीसहितलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताउनुभयो । घटनाको जानकारी पाएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुरसहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

















