सिकिन्द्र साह

सिम्रौनगढ,राष्ट्रिय स्वतन्त्र पार्टीको बारा जिल्ला क्षेत्र नम्बर १ को सभापतिमा रजनिसप्रसाद कुशवाहा तथा उपसभापतिमा नेत्रबहादुर कार्की मनोनित हुनुभएको छ ।पार्टी कार्यालय कलैयामा आइतवार राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको अध्यक्षतामा बसेको बैठकले कुशवाहालाई १ नम्बर क्षेत्रको सभापति र कार्कीलाई उपसभापतीमा चयन गरेको हो ।विगतको निर्वाचनमा कुशवाहाले पार्टी संगठन विस्तार गर्ने कार्यमा ठुलो योगदान गरेको र बारा जिल्लाको सबै पालिकाका वडाहरुमा पुगेर काम गरेको हुनाले कुशवाहालाई सभापतीमा चयन गरिएको बताइएको छ ।त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर ९ नेत्रबहादुर कार्कीले पनि क्षेत्र नम्बर एकको कोल्हबी, निजगढलगायतका पालिकाहरुमा संगठन विस्तारको काम गरेको र पार्टीको निष्टवान कार्यकर्ता भएकोले उहाँलाई उपसभापतीमा चयन गरिएको बताएको छ ।बैठकमा जिल्ला अध्यक्ष स्वणकारले स्थापनाको छोटो अवधिमा नै देशव्यापी चर्चा पाएको रास्वपाले अहिले देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा काम गरिहेको बताउनुभयो । उहाँले नयाँ पुस्ताको लागि एकमात्र भरोसा योग्य पार्टी भएकोले यो पार्टीमा युवा वर्गको साथ र समर्थन पनि रहेको उहाँको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here