निजगढ,जिल्ला प्रहरी कार्यालय बारा र निजगढ नगरपालिकाको आयोजनामा बुधवार निजगढमा १६ दिने महिला हिंसा सम्बन्धि अन्तक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।निजगढ नगरपालिकाको प्राङ्गणमा भएको सो कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला न्यायधिस पुर्णेश्वर उपाध्यायले समाजमा हुने महिला हिंसाका घटना मध्ये पाँच प्रतिशतभन्दा पनि कम मुद्दा अदालतमा आउने गरेको बताउनुभयो । ९५ प्रतिशतले हिंसा सहेर बस्ने वा बाहिर नै मिलाउने गरिएकोले न्यायिक प्रक्रियामा नआएको उहाँको भनाई थियो ।बाल विवाहका काराण जिल्लामा महिला हिंसा बढेको भएपनि बाल विवाहासम्बन्धि तीन–चार वटा मुद्दा मात्र अदालतसम्म आइपुगेको उहाँले सो अवसरमा जानकारी दिनुभयो । उहाँले बिधुतिय माध्यमद्धारा पनि महिला हिंसा भईरहेको बताउनुभएको छ । जिल्ला अदालतमा पनि विद्युतीय माध्यमबाट हुने हिंसाका घटनामा मुद्दा दर्ता हुने व्यवस्था रहेको भन्दै त्यस्ता कुनै हिंसा भएको अवस्थामा कानुनी उपचारमा जान आग्रह गर्नुभयो ।कार्यक्रममा जिल्ला अदालत बाराकी अर्की न्यायधिस तारादेबी महर्जनले महिलाहरु अहिले पनि घरेलु हिंसाबाट प्रताडीत हुने गरेको बताउनु भएको छ । उहाँले लैङिगक असमानता हटाउन पर्याप्त कानुन भए पनि हिंसामा भने कमी नआएको बताउनुभएको छ ।लैङिगक हिसां न्युनीकरणको लागि महिलासगै पुरुषहरुलाई पनि सचेत बनाउनु आवश्यक रहेको बताउदै महिलाहरुलाई आर्थिक सवलीकरण गर्न सकेमात्रै हिंसामा कमी आउने न्यायधिस महर्जनको भनाई थियो ।
निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेलगायतले महिला हिंसा न्यूनीकरण बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, कोलनिका बाराका प्रमुख बिरेन्द्र घिमिरे, शसस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डागी, नेपाली सेनाका सेनानी कुमार खड्का, जेजेवाईसी बाराका प्रतिनिधि लक्ष्मी खरेल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply