निजगढ,निजगढ नगरपालिका कार्यालयले जेनजी आन्दोलनको क्रममा कार्यालयबाट चोरी भएका उपकरण फिर्ता बुझाउन आग्रह गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र अर्यालले आइतवार एउटा सूचना निकालेर मिति २०८२।०५।२४ गते निजगढमा भएको प्रदर्शनका क्रममा यस नगरपालिका तथा मातहतका वडा कार्यालयबाट विभिन्न सामग्रीहरु चोरी गरिएको पाइएकोले त्यस्ता सामग्री फिर्ता गर्न सम्बन्धि व्यक्तिहरुसंग आग्रह गर्नुभएको हो ।

‘विभिन्न सिसी टिभि भुटेज, सामाजिक सञ्जाल तथा अन्य विभिन्न माध्यमवाट जानकारी हुन आएअनुसार आगजनी र तोडफोड गरेर कार्यालयका महत्वपूर्ण सामग्रीहरु चोरी गरि लगिएको पाइएको छ, सूचनामा अगाडि भनिएको छ, त्यस्ता सामाग्रीहरु नगरपालिका तथा सम्बन्धित वडा कार्यालयहरुमा यथासिघ्र बुझाउनुहोला, अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने छ ।’

Leave a Reply