अमेरिकाका पूर्ण राष्ट्रपति डोनाल्ड टम्प पक्राउ परेका छन् । अमेरिका बिश्वको धनी र सम्पन्नशाली देश हो । अमेरिकाका बिषयमा यसै पनि धेरैलाई बताइरहन पर्दैन । हाम्रो जस्तो देश र अमेरिका जस्तो देशको तुलना त नहोला तर पनि त्यस्ता देशबाट केही सिक्न आवश्यक छ । टम्प पक्राउ पर्नु भनेको कानुनी शासनको बलियो प्रमाण अमेरिकामा छ भन्न खोजिएको हो तर नेपाल जस्तो देशमा भने कथित भिआइपीको नाउमा कसैलाई छुने हिम्मत गरिदैन ।सम्पन्नशाली भए पनि अमेकिाका शासकहरुले सेवकको भावना लिन्छन् र गलत गर्नेलाई कारबाही हुन्छ भन्ने संदेश दिन खोजिन्छ तर नेपालमा कानुन साना र ठूलालाई चैं चैन गराउने काम हुन्छ । ठूलो पदमा पुगेपछि जे गरेपनि हुन्छ भन्ने खालको तर्क नेपालमा आउने गर्दछ । जुन एकदमै गलत हो ।अब अहिले नै त टम्पको पक्राउ संदेशबाट नेपालका शासकहरुले केही सिक्ने संभावना त नहोला तर कालान्तरमा यो बाटोमा नेपाली शासकहरु जानुको बिकल्प छैन । जनतालाई रैती र आफूलाई शासक संझने प्रवृत्ति अन्त्य हुनुपर्दछ अन्यथा जनताले पनि बिस्तारै यिनीहरुलाई सबक सिकाउने निश्चित छ ।

Leave a Reply