वीरगञ्ज,पर्साको विन्दवासिनी गाउँपालिकाको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिव मुकेश चौरसियाको हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका निरञ्जन तिवारी (उत्तम) ले सफाइ पाएका छन् ।जिल्ला अदालत पर्साका न्यायाधीश विनोदकुमार पोख्रेलको इजलासले तिवारीलाई सफाइ दिएको हो । मुद्दाका अर्का प्रतिवादी अकलेश भन्ने अशेसर प्रसाद चौरसियालाई भने कसुर ठहर हुने फैसला भएको छ । त्यस्तै प्रतिवादी बनाइएका अन्य आरोपितहरूले पनि सफाइ पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here