निजगढ,पूवपश्चिम राजमार्ग अन्तर्गत निजगढ पथलैया सडकखण्डको १३ किलोको जंगलमा मोटरसाइकलको ठक्करबाट साईकलमा सवार एकजना मंगलवार गंम्भीर घाइते भएका छन ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाङ्गियाबस्तिका अन्दाजी ३५ बर्सिया प्रेमबहादुर आले मगर गम्भीर घाईते भएका हुन । घाइते मगरको निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको छ । मगरको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको बताइएको छ ।ठक्कर दिने मोटरसाइकलको भने पहिचान हुन नसकेको निजगढ प्रहरीले जनाएको छ । घटना स्थलको प्रकृति हेर्दा मोटरसाइकलले ठक्कर दिएको जस्तो देखिएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो । घटनास्थल नजिक मोटरसाइकको फुटेको पार्टका टुक्राहरु फेला परेकोले यस्तो अनुमान गरिएको उहाँको भनाइ छ । मगरलाई ठक्कर दिने मोटरसाइकल चालक फरार भएको र खोजी कार्य जारी राखिएको निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।पथलैयाबाट घरतर्फ आउदै गरेका उनलाई सोहि दिशाबाट आउदै गरेको मोटरसाइकलले दिउसो करिव ३ बजेको समयमा पछाडिबाट ठक्कर दिएको हो । घटना लगत्तै जिल्ला ट्राफिक कार्यालय निजगढबाट पुगेको टोलीले उद्धार गरेर मगरलाई निजगढमा ल्याएको थियो ।



















