निजगढ,सर्लाहीमा शुक्रवार सम्पन्न भएको मधेस प्रदेश स्तरीय डोरी तान प्रतियोगितामा बारा जिल्लाबाट सहभागी निजगढको टोली तृतीय बनेको छ ।मधेस प्रदेशका ८ जिल्ला र सर्लाहि क्लब गरि ९ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा सर्लाही जिल्ला प्रथम भएको थियो । यसअघि प्रतियोगितामा सहभागी हुने खेलाडीको एक कार्यक्रमबीच विदाई गरिएको थियो । खेलाडीहरुलाई निजगढ ८ को अवतार बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका विच जितको अग्रिम शुभकामना सहित विदाई गरेको हो ।खेलाडीहरुलाई सहकारी संस्थाकोतर्फबाट संस्थाको लोगो अंकित जर्सी पनि हस्तान्तरण गरिएको थियो । उनीहरुलाई खादा र टिका प्रदान गर्दै सहकारी संस्थाका अध्यक्ष अजय लामाले विदाई गर्नुभएको थियो । प्रतियोगितामा निजगढबाट दिनेश न्यौपाने, धनबहादुर तिमल्सिना, अर्जुन तिमल्सिना, झलककार्की, सन्तोष श्रेष्ठ, अनिलश्रेष्ठ, पास्पोट चौधरी, रमेश घिमिरे, गोपाल परियार, कुमार तिमल्सिनाको टोली सहभागी बनेको हो । टोलीमा संघका बारा जिल्ला अध्यक्ष टेकबहादुर लामासहित १३ सहभागी बनेका थिए ।
















