नरेश गुप्ता

बरियारपुर,बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर( २२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधवार राति पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाइफकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here