वीरगन्ज,पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाको कार्यालयका जिन्सी शाखाका प्रमुख हरीमोहन महतो लगायत शाखामा कार्यरत सबै कर्मचारीलाई पदमुक्त गरिएको छ ।गाउँपालिकाको कार्यालयबाट सरसामानहरु चोरी गरेको आरोपमा जिन्सी शाखाका प्रमुख महतो लगायत त्यस शाखामा कार्यरत मुना राउत कुर्मी र धनन्जय चौरसियालाई पदमुक्त गरिएको हो ।गएको भाद्र २१ गते राती ८ बजेको समय पकाहामैनपुर गाउँपालिकाको कार्यालयबाट जिन्सी शाखा प्रमुख महतोको निर्देशनमा कार्यालय सहयोगी मुना र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानीय युवाहरुले नियन्त्रणमा लिएर सामान फिर्ता गर्न लगाएको स्थानीयहरुले बताएका थिए ।उक्त घटना बाहिर आएपछि गाउँपालिका अध्यक्ष सुरेश मेहताले ढाकछोप गरी आफ्नो निकट कार्यालय सहयोगीलाई बचाउन खोजे पनि प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संग्लन रहेका सबै कर्मचारीलाई पदमुक्त गर्नुभएको हो ।चोरीको घटना बाहिरिएपछि आइतवार बसेको बैठकले न्यायिक समिति संयोजकको अध्यक्षतामा छानबिन समिति गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्णय गरिएको बताइएको छ ।

Leave a Reply