निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा थानेश्वर सापकोटा ‘अविरल’ पुनः चयन हुनुहुनुभएको छ । नयाँ संचालक समितिको निर्वाचनको लागि आइतवार भएको मनोनय पत्र दाखिलामा सापकोटा १ जनाको मात्रै मनोनयन पत्र दाखिला भएपछि उहाँ सर्वसम्मत चयन हुनुहुने भएको हो ।निर्वतमान अध्यक्ष समेत रहनुभएका सापकोटाले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएको हो । दुध उत्पादक सहकारी संचालक समितिको उपाध्यक्षमा भने गोविन्दप्रसाद घिमिरे, टुकबहादुर तिमल्सिना र उदयराज पाण्डे सहित ३ जनाको मनोनयन पत्र दर्ता भएको निर्वाचन समितिका सदस्य नारायणप्रसाद गौतमले जानकारी दिनुभयो । घिमिरेले एमालेको तर्फबाट मनोनयन पत्र दाखिला गर्नुभएको हो ।त्यसैगरी सचिवमा पनि प्रकास सापकोटा र राजु गौतमको उम्मेदवारी परेको छ । अघिल्लो कार्यसमितिमा समेत सचिव रहनुभएका सापकोटाले एमालेको तर्फबाट मनोनयन पत्र दाखिला गर्नुभएको हो । कोषाध्यक्ष पदमा पनि लक्ष्मी गौतम, रामहरी खरेलसहित ३ जनाको उम्मेदवारी परेको छ । १ जना अध्यक्षसहित उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष सहित १५ जना संचालक समिति र लेखा समितिमा संयोजक सहित ३ जना चयनको लागि आइतवार मनोनयन पत्र दाखिला भएको हो ।समितिको सदस्य अन्य पदमा समेत आवश्यकताभन्दबढी आकांक्षीको मनोनयन पत्र दाखिला भएको निर्वाचन समितिका सदस्य गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवारहरुको आधिकारिक नामावली भने सोमवार प्रकाशन गरिनेछ ।अघिल्लो शनिवार भएको साधारण सभामा सर्वसम्मत चयन हुन नसकेपछि संचालक समितिको चयन मतदान प्रकृयामार्फत हुन लागेको हो । निर्वाचन समितिले पुष १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र २० गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । त्यसैगरी आगामी पुष २७ गते बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको लागि समय तोकिएको छ ।यसैबीच सत्तारुढ गठबन्धनका ३ घटक दलहरुले भने सहकारी संस्थाको निर्वाचन बहिष्कार गर्ने भएका छन । नेपाली काग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिना, नेकपा माओवादी नगर अध्यक्ष सन्तोष दङ्गाल र नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटाले हिजो संयुक्त विज्ञप्ति निकालेर नेकपा एमाले सहमतिको लागि जिम्मेवार नदेखिएकोले संस्थाको नयाँ संचालक समिति चयनमा सहमति हुन नसकेको र निर्वाचनमा पनि सहभागी नहुने तथा प्रतिपक्षमा बसेर संस्थाको विकासको लागि रचनात्मक सहयोग गर्ने जनाएका छन ।

Leave a Reply