सिमरा,सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजमा जग्गाको भाडादर ७५ प्रतिशतले घटाएको छ ।चालु आर्थिक वर्षको साउनदेखि लागु हुनेगरी जग्गाको भाडा दरलाई एकैपटक ७५ प्रतिशतले घटाएर प्रतिवर्गमिटर २० रुपैयाँबाट ५ रुपैयाँमा झारेको हो ।उद्योगीहरूले जग्गाको भाडादर महँगो भएको भन्दै गुनासो गरेपछि सेज प्राधिकरणको पहलमा सरकारले नीति तथा कार्यक्रम र बजेट भाषणमार्फत जग्गाको भाडादर घटाएका हो । सरकारको यो निर्णय सिमरा, भैरहवा र पाँचखाल गरी ३ ठाउँमा लागु हुनेछ ।

सिमरा सेजका प्रमुख इन्जिनियर पप्पु गिरीले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷०८३ को बजेटमार्फत जग्गाको नयाँ भाडादर कायम भएको बताउनुभएको छ ।

मरा सेजलाई गार्मेन्ट उद्योगका रूपमा विकास गर्ने भनिए पनि पछि ऐन संशोधन गरेर सबैखाले उद्योगलाई प्रवेश खुला गरिएको हो । सिमरा सेजका प्रमुख गिरीले तत्कालका लागि निर्यात गर्ने उद्योगहरूलाई वीरगञ्ज भन्सारसँग समन्वय गर्ने काम भइरहेको बताउनुभयो । साथै विद्युत् महसुलमा १० प्रतिशतसम्म छुट दिनेगरी छलफल भइरहेको उहाँको भनाई छ ।हाल सिमरा सेजभित्र ५ वटा उद्योग सञ्चालनमा छन् । सेजमा पाम आयल, ग्रेनाइड, टायल उद्योग, गार्मेन्ट, भाँडा, सौन्दर्य साम्रगी उत्पादन गर्ने उद्योगलगायत छन् । यहाँ रहेको बाल्ट्रा कम्पनीले भने आफूले उत्पादन गरेको भाँडा भारत निर्यात सुरु गरिसकेकोे जनाएको छ ।

Leave a Reply