नरेश गुप्ता
बरियारपुर,सिम्रौनगढ नगरपालिकाको छैठौं नगरसभाको बन्द शत्र बिहीवारदेखि शुरु भएको छ । सिम्रौनगढ नगरपालिकाको आर्थिक वर्ष ०७९,०८० को नगर सभा असर १० गते बिहिवार आयोजना गरिएको थियो । तर कांग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिहरु नगर सभा बैठकमा अनुपस्थित भएपछि नगर सभाबाट बजेट तर्जुमा लगायतका विषयमा कुनै निर्णय हुन सकेको थिएन ।
सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरीप्रसाद साहको अध्यक्षतामा बिहिवार बसेको भएको शत्रले योजना तर्जुमा, बजेट बाँडफाँड, वडा स्तरीय र नगर स्तरीय योजनालाई प्राथमिकतामा राखेर छलफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले जानकारी दिनुभयो ।
नगरसभाबाट वडा स्तरीय बजेटतर्फ ९०÷९० लाख बिनियोजन गरिएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो । आ ब ०७९÷०८० को नीति तथा कार्यक्रम अन्तर्गत सिम्रौनगढ नगरपालिकाको छैठौं नगर सभामा ५८ करोड ८५ लाख ९८ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।
नगर उपप्रमुख नजबु शेहरले आ ब ०७९÷०८० को नीति तथा कार्यक्रममा अनुमानित आयतर्फ वित्तीय समानिकरण अनुदान १५ करोड ५२ लाख, राजश्व बाँडफाँड १० करोड ८३ लाख ६८ हजार र आन्तरिक श्रोततर्फ ३ करोड ६४लाख ३० हजार गरि कुल ५८ करोड ८५ लाख ९८ हजारको बजेट सार्वजनिक गर्नुभएको थियो । नगर उपप्रमुख शेहरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड प्रभावलाई न्यूनीकरण गर्न संघ र प्रदेश सरकारको समन्वय गरि नगरपालिकामा कोभिड विरुद्धको खोपको व्यवस्थापन गरि सबै नगरबासीलाई खोपको सुविधा उपलब्ध गराइएको बताउनुभयो ।
नीति तथा कार्यक्रममा नगर प्रमुख रोजगार कार्यक्रम संचालन गरि स्वरोजगार बनाएर युवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने बताइएको छ ।
त्यसैगरी नगर प्रमुख किशोरीप्रसाद साहले आधारभुत शिक्षा, स्वास्थ, रोजगारी र समाजिक सुरक्षा तथा संरक्षणका अवसर उपलब्ध गराउन र शान्ति सुव्यवस्था सहितको न्यायपूर्ण, सभ्य तथा सुसंस्कृत समाज निर्माण गर्न नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष रामदिनेश यादवले सामुदायिक विद्यालयको स्तरोन्नति तथा शिक्षकको पोशाक अनिवार्य गराउने बारेमा नगर प्रमुख साहलाई जानकारी गराउनुभएको थियो ।