आरके राजन

सिम्रौनगढ,बाराको सीमावर्ती मोतिहारी प्रहरीले ठूलो परिमाणमा गाँजा र चरेससहित तीन जना नेपाली र दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।गोप्य सूचनाको अधारमा बाराको पचौता नगरपालिका नजिक भारतको छौडादानोबाट लखौरा जादै गरेको एउटा सफारी गाडी, एउटा पिकअप र एउटा मोटरसाइकललाई लखौरानरायण चौक नजिक चेक जाँच गर्ने क्रममा भारतीय प्रहरीले तीन जना नेपाली र दुई जना भारतीय नागरिकलाई ११ किलो पाँच सय ग्राम चरेस र ३६ किलो गाँजासहित नियन्त्रणमा लिएको हो ।पक्राउ पर्ने नेपाली नागरिकहरुमा शिवबालक साह कटहरिया (रौतहट ), धर्मेन्द्र कुशवाहा कलैया (बारा) र मनोजकुमार साह सिम्रौनगढ (बारा) रहेका छन । त्यसैगरी प्रहरीले भारतीय नागरिक सुजितकुमार लखौरा र जालन्धरकुमार लखौरालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको मोतिहारीका प्रहरी उपरीक्षक कान्तेश कुमारले जानकारी दिनुभयो । बरामद चरेस र गाँजाको मुल्य भारतीय बजारमा एक करोड रहेको बताइएको छ ।

Leave a Reply