निजगढ,युथ अफ निजगढले निजगढकी एक क्यान्सर पीडित बालिकालाई शनिवार १० हजार १ सय रुपैया आर्थिक सहयोग गरेको छ ।निजगढ नगरपालिका वडा नम्बर ४ निवासी जयराम तिमल्सिनाको ९ वर्षिय क्यान्सर रोगले पीडित छोरी स्वस्तिका तिमल्सिनालाई वडा अध्यक्ष बिसन सापकोटाको रोहबरमा क्लबले नगद सहयोग हस्तान्तरण गरेको हो । बालिकाकी हजुरा आमालाई सो रकम हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा निजगढ ४ स्थित शहिद हिरालाल पार्क व्यवस्थापन समितिको अध्यक्ष रमेश अर्याल, कार्यपालिका सदस्य मिना चौरेल, क्लबका सल्लाहकार भाइकाजी श्रेष्ठ, जितलाल श्रेष्ठ, पूर्वअध्यक्षहरुलगायत कार्यसमितिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।क्लबले बिगत १० वर्षदेखि निजगढ नगरपालिकामा रहेर आर्थिक अवस्था कमजोर भएका बिपन्न, असहाय, मुटु, मृगौला, क्यान्सर पीडित तथा दैविप्रकोपमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।युथ अफ निजगढ विशुद्ध सामाजिक कार्य गर्ने अभिप्रायले गठिन भएकाले निजगढ नगर लगायत नगरभित्रका विभिन्न संघसस्थाहरुसंग सहकार्य गरेर आगामी दिनमा पनि सामाजिक कार्यहरु जारी राखिने क्लबकी अध्यक्ष उषा लामा मोक्तानले बताउनुभयो ।

















