निजगढ,निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले शनिवार १ सय ४८ जना मोतियाबिन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरेको छ ।अस्पतालले आँखा जाँच शिवीरमा १८० जनाको चेक जाँज गर्दा फेला परेका मोतियाबिन्दुका बिरामीहरुलाई निजगढमा शल्यक्रिया गरेको हो । अस्पतालले शुक्रवारबाट ३ दिनसम्म आँखा जाँच र शल्यक्रिया शिवीर संचालन गर्ने निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालका दिपक सुवेदीले जानकारी दिनुभयो ।शनिवार भएको शिवीरमा निजगढ लगायत बाराको कोल्हबी, कलैया उपमहानरपालिका, रौतहटको चन्द्रपुर र कटहिरिया नगरपालिकामा आयोजना गरिएको १ दिने शिवीरमा फेला परेका बिरामीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा ल्याएर शल्यक्रिया गरिएको सुवेदीले बताउनुभएको छ ।३ दिनसम्म संचालन गरिने शिवीरमा करिव ३ सय ५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिने सुवेदीले जानकारी दिनुभएको छ ।आँखा शिवीरको सहआयोजक र सहजीकरण लायन्स क्लब अफ निजगढ सिटीले गरेको थियो । आँखा शिविरको नेतृत्व डा.सुनिल थकाली र डा एलिना गुरुङ्गले गर्नुभएको थियो ।


















