हेटौंडा, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हेटौंडा एकेडेमी ले प्रथम स्थान हासिल गर्न सफल भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल रहनु भएको थियो भने समुदाय–प्रहरी साझेदारी व्यवस्थापन समितिका अध्यक्ष देवकुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। प्रतियोगितामा वडा नं. ११ अन्तर्गतका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा हेटौंडा एकेडेमी ले प्रथम स्थान हाँसिल गरेको छ भने त्रिभुवन मावि. द्वितीय तथा जेम्स इंगलिस बोडिंग स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका छन्। हेटोंडा एकेडेमी बाट छात्रा जोनिश्मा बिडारी तथा छात्र सायन सापकोटा र युग श्रेष्ठले प्रतियोगितामा सहभागिता जनाई विद्यालयलाई उत्कृष्ट सफलता दिलाएको बिद्यालयका प्रधानाध्यापकम दीपेन्द्र पाठकले जानकारी दिनुभयो । प्रथम भएकोमा बिद्यालयलय ब्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले बिद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिनु भएको छ ।


















