वीरगंज ,१९ भदौं ।
वीरगंजमा स्थापना गरि सन्चालनको तयारीमा रहेको मधेस विश्वविधालयको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्थलगत अवलोकन गरेका छन्
वीरगंजको श्रीपुर स्थित नेशनल ट्रेडिङको भवन र परिसरमा स्थापना गरि सन्चालनको तयारीमा रहेको मधेस विश्वविद्यालयको मेयर सिंहले आइतबार सांझ अवलोकन गरेका हुन्
त्यसक्रममा मेयर सिंहले विश्वविद्यालय सन्चालन र उद्घाटनको तयारी लगायत बारे विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यसंग जानकारी लिए ।
मधेस सरकारले वीरगंजमा स्थापना गरेको मधेस विश्वविद्यालयको यहि भदौं २२ गते बुधबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने तय भएको छ ।उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , सामाजिक विकास मन्त्री नवलिकशोर साह लगायतको पनि सहभागिता रहने उपकुलपति डाक्टर शाक्यले जानकारी दिए ।
आइतबार विश्विवधालयको तयारी बारे मेयर सिंहले अवलोकन गर्ने क्रममा उपकुलपति डाक्टर शाक्य, वडा अध्यक्षहरु आशुतोष चतुर्वेदी, मनोज यादव , इन्जिनियर प्रकाश अमात्य लगायतको पनि सहभागिता रहेको थियो ।