सिमरा,जीतपुरसिमरा वडा नम्बर १ स्थित हुलास स्टील कारखानामा कार्यरत एक सवारी चालकको बधुवार मृत्यु भएको छ । उद्योगमा काम गर्ने क्रममा क्रेनको चुडिएको हुकले लागेर वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिप्राका वीरेन्द्र राउत कुर्मीको मृत्यु भएको हो ।करिब ४५ वर्षीय कुर्मीको वीरगञ्जस्थित स्पर्श अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उद्योगमा काम गर्ने क्रममा बिहान करिब ६ः३० बजे आफैले चलाएको क्रेनको हुक चुडिएर लाग्दा उनी घाइते भएका थिए ।घटनालगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा उपचार गराई वीरगन्जमा रहेको स्पर्श अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा करिब १२ बजे कुर्मीको मृत्यु भएको परिवारले जनाएको छ ।कुर्मीको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमाथि आक्रोश पोखेका छन् । चिकित्सकको लापरवाहीका कारण कुर्मीको ज्यान गएको परिवारको भनाई छ । यता चिकित्सकले भने छातिमा गम्भिर चोट भएका कारण ज्यान गएको बताएका छन् ।कुर्मीको मृत्यु भएपछि मृतकका परिवार, उद्योग प्रशासन र अस्पताल प्रशासनबीच छलफल भएको छ । छलफलमा मृतक परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सकमाथि कारबाहीको माग राखेका छन् ।कुर्मी करिब ३० वर्षदेखि उद्योगमा कार्यरत रहेको परिवारले जानकारी दिएका छन् । उनले उद्योगभित्र ठुला सवारीसाधन चलाउने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here