निजगढ,भूमि अधिकार तथा श्रमिक संगठन दोस्रो बारा जिल्ला अधिवेशनले माधवप्रसाद मैनालीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।निजगढमा बुधवार भएको अधिवेशनले मैनालीको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको २ जना उपाध्यक्षमा सपना श्रेष्ठ र पूर्णप्रसाद कडेल रहनुभएको छ । त्यसैगरी सचिव विष्णुप्रसाद तिमल्सिना, उपसचिवमा विजयकुमार चौधरी, कोषाध्यक्ष निजामुद्दिन मिया र सदस्यहरुमा दिलबहादुर विश्वकर्मा, इन्द्रबहादुर दर्जी, विष्णबहादुर पुर्वछाने मगर, सोममाया बम्जन लगायत चयन भएका छन ।यसअघि नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले अधिवेशनको उद्धाटन गर्नुभएको थियो । उद्धघाटन कार्यक्रममा बोल्दै नेता पौडेलले भूमिहिन, सुकुम्बासी र श्रमिकको हितमा काम गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनुभयो । उहाँले मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले देशभरका हजारौं सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको बताउनुभयो । उहाँले केपी ओली नेतृत्वको सरकारले पनि भूमि आयोग गठन गरेर व्यवस्थित रुपमा सुकुम्बासीहरुलाई जग्गा वितरणको प्रक्रिया थालनी गरेको र सरकार बिचमा नै ढालिएपछि काम पुरा गर्न नपाएको बताउनुभयो ।कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य बलवीर चौधरी, मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, संघठनका केन्द्रीय उपाध्यक्ष गुञ्ज खडका, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीलगायतले अधिवेशन सफलताको लागि शुभकामना दिनुभएको थियो ।संघठनका केन्द्रीय सचिव एवंम मधेस प्रदेश इन्चार्ज रमेश सापकोटाले निजगढ घोषणा पत्र वाचन गरेर सुनाउनुभएको थियो ।त्यसैगरी भूमि अधिकार मञ्च बाराको अध्यक्षमा निजगढका सन्तकुमार सुनार चुनिनुभएको छ ।जीतपुरसिमरा वडा नम्बर १६ को टाँगियाबस्तिमा मंगलवार भएको जिल्ला अधिवेशनले सुनारको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।कार्यक्रममा मञ्चका केन्द्रीय सचिवालय सदस्य फौद्ध सिंह स्याङ्गबो, मधेस प्रदेश कमिटी संयोजक मदनबहादुर विक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, मञ्चका जिल्ला संरक्षक रमेश सापकोटा लगायतको उपस्थिति रहको थियो । मञ्चका बारा जिल्ला अध्यक्ष टिकाबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

















