काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच संसद्को अवरोधका बारेमा छलफल भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा बुधवार भएको भेटमा संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो राष्ट्रपति पौडेलले संसद्को गतिरोध खुलाउन चासो दिँदै एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो ।राष्ट्रपतिको आमन्त्रणमा ओली शीतल निवास पुग्नुभएको हो । भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा नागरिकमा नैराश्यता बढ्ने र संसद्प्रति नै नागरिकमा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभएको छ ।सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन हप्तादेखि सङ्घीय संसद् चल्न दिएको छैन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेटेर संसद् सञ्चालन विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।यस्तै बुधवार बिहान बसेको सत्ता गठबन्धनको बैठकले संसद् सञ्चालनका लागि संवाद्लाई थप तीव्रता दिने निर्णय गरेको छ ।

 

Leave a Reply