राजकुमार यादव

मौलापुर,रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ५ महादेव मन्दिर पतौरास्थित खाल्डोमा जमेको पानीमा डुबेर मंगलबार दिउसो १ बजे एक नाबालिकाको मृत्यु भएको छ । बृदावन नगरपालिका वडा नम्बर ४ हरैया पल्टुवा बस्ने सुरेन्द्र भगत मालीकी ८ वर्षीय छोरी काजल कुमारीको खाल्डोमा डुबेर मृत्यु भएको हो । मौलापुर नगरपालिका वडा नम्बर ५ मा बस्ने मामा त्रिवेणी भगत मालीको घरमा आएकी काजल हिजो दिउसो खेल्ने क्रममा वर्षाको पानी जमेको खाल्डोमा परेर डुबेको स्थानीयले बताएका छन । बिहानदेखि हराएकी काजलको खोजतलासको क्रममा आफन्तले खाल्डोमा मृत अवस्था फेला पारेको ईलाका प्रहरी मौलापुरले जनाएको छ । स्थानीयले सडक निर्माणको क्रममा बनाएको खाल्डोमा डुबेर ती बालिकाको मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको शव परीक्षणको लागि गौर अस्पताल पठाइएको र घटनाबारे थप्प अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

















