निजगढ,१६ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीमा निजगढका हिमेश माझी समावेश भएका छन् ।प्रशिक्षक रविन्द्र सिलाकरले सोमवार घोषणा गरेको २३ सदस्यीय टोलीमा अग्रपङ्गतिका खेलाडीमा निजगढका माझी पनि परेका हुन् ।भुटानमा आयोजना हुने अन्डर १६ साफ च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ एन्फाले देशव्यापी रुपमा खुल्ला छनोट संचालन गरेको थियो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सेप्टेम्बर १ देखि १० सम्म संचालन हुनेछ ।प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । सो समुहमा भारत र बङ्गलादेश पनि छन । समूह बि मा आयोजक भुटान सहित माल्दिभ्स र पाकिस्तान रहेका छन । निजगढ फुटबल क्लबको उत्पादन माझी निजगढ नगरपालिका वडा नम्बर ७ का बासिन्दा हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here