निजगढ,राष्ट्रिय युवा संघ नेपालको विभिन्न कमिटीमा आवद्ध निजगढका युवाहरुले निजगढका दुई वटा फुटवल क्लबका खेलाडीहरुलाई जर्सी सहयोग गरेका छन् ।केन्द्रीय कमिटी सदस्य इराज कोइराला र मधेस प्रदेश कमिटी सदस्य सुदीप तिमल्सिनाले निजगढ– ५ स्थित सहिद स्मृति खेल मैदानमा न्यू जनजागृति युवा क्लबका खेलाडीलाई जर्सी सहयोग गरेका हुन् । क्लबका अध्यक्ष साजन ढुंगानाको रोहबरमा खेलाडीहरुलाई एक÷एक सेट जर्सी हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्लबका सहसचिव देवराज गौतम र जनजागति सुन्दर सामुदायिक वन समुहका अध्यक्ष राजन ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।त्यस्तै केन्द्रीय सदस्य कोइराला, प्रदेश कमिटी सदस्य तिमल्सिना र जिल्ला कमिटी सदस्य प्रितमकुमार तामाङले निजगढ– ८ स्थित न्यू हिमाल युवा क्लबका खेलाडीलाई पनि जर्सी सहयोग गरेका हुन ।

Leave a Reply