निजगढ,भारतको कालिङ्गपुङ्गमा भएको अन्तर्राष्ट्रिय स्तरको तेक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक विजेता निजगढ नगरपालिका वडा नम्बर ६ का १० वर्षिय रुवेल तिमल्सिनालाई ६ नम्बर वडा कार्यालयले शुक्रवार नगद पुरस्कारसहित सम्मान गरेको छ ।

वडा नम्बर ६ को कार्यालयमा भएको कार्यक्रमा वडा अध्यक्ष घनश्याम तिमल्सिनाले रुबेललाई ६ हजार नगद राशीसहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो ।कार्यक्रममा गौरीशंकर माविका सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, वडा कार्यालयका सचिव सुजित कर्ण, वडा सदस्यहरु केशव अधिकारी, आशा श्रेष्ठ, मिना सुनार, कृष्णबहादुर मोक्तन, रुबेलका बुबा कमल, हजुरआमा होमकुमारी, पूर्ववडा सदस्य रामप्रसाद हुँमागाईलगायतको उपस्थिति रहेको थियो ।

निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोल निवासी कमलप्रसाद तिमल्सिनाका १० वर्षिय छोरा रुबेलले गत महिना भएको दोस्रो कालिङ्गपोङ्ग अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिपको २२ केजी तौल समुहमा नेपालको तर्फबाट स्वर्ण पदक जितेका थिए ।गौरीशंकर मावि सडकटोलको कक्षा ५ मा अध्ययनरत रुबेल निजगढ ९ को जनज्योति तेक्वाण्डो डोजाङ्गका खेलाडी हुन ।

Leave a Reply