बसन्त लामा
सिंगौल,बाराको निजगढ नगरपालिका वडा नम्बर ३ स्थित बगरखोलामा तटबन्धन निर्माण कार्य सुरु भएको छ ।मधेश प्रदेश संसद विकास कोषको १९ लाख ८० हजार रुपैयाँ र उपभोक्ता समितिको २ लाख २० हजार ३ सय ६० रुपैयाँको बजेटमा बगर खोलामा तटबन्धन निर्माण सुरु गरिएको हो ।स्थानीय खडकबहादुर तिमल्सिनाको अध्यक्षतामा बगर खोलामा ५०० मिटर लामो तटबन्धन निर्माण भइरहेको छ । केहि वर्षअघि बगर खोलानजिक रहेको स्थानीयको खेतीयोग्य जमिनमा वर्षातको बाढी छिर्दा बगरमा परिणत भएको थियो । बाढीले खेती योग्यजमिनलाई बगरमा परिणत गरेपछि केही स्थानीय सो स्थानबाट विस्थापित भएर अन्यत्रै लागेका थिए ।तटबन्धन निर्माणपछि सिंगौल वडा नम्बर. ३ का २० प्रतिशत जनताले लाभ प्राप्त गर्ने बताइएको छ ।वडा नं. ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले स्थानीय तहको निर्वाचनमा मत माग्ने क्रममा बगर खोलामा तटबन्धन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । वर्षातको समयमा बगर खोला हिलाम्य हुँदा आवतजावतमा पनि समस्या हुने गरेकाले बाटो पनि व्यवस्थापन गर्ने भन्दै अध्यक्ष तिमल्सिनाले स्थानीयसँग मत माग्नुभएको थियो । सोही प्रतिवद्धताअनुरुप तटबन्ध निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।निर्वाचनको क्रममा दिएको वचन पुरा गर्ने उद्देश्यले बगर खोलामा तटबन्धन र दुई तले प्रतीक्षालय हुँदै टाँसीधार्गेली बौद्ध गुम्बा जाने बाटोमा इजिङ वाल सहितको सडक निर्माण गरिनेछ ।मधेस प्रदेश संसद कोषबाट विनियोजित बजेट, निजगढ नगरपालिका वडा नंम्बर ३, वडा नंम्बर १० को लाल र वडा नम्बर ८ को समन्वयमा बाटो, सिँचाई, खेलकुद मैदान र खानेपानीको स्तरोन्नोति हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here